काठमाडौं । शिक्षकहरुको आन्दोलन आज २९औं दिन पनि जारी छ । धेरै दनिदेखि शिक्षकहरू काठमाडौंको सडकमा आन्दोलनरत छन् ।
शिक्षा ऐनलगायत विभिन्न माग र पुराना सम्झौता कार्यान्वयनको माग राख्दै आन्दोलनरत शिक्षकहरू सरकारसँगको वार्ता र आन्दोलनको कार्यक्रमसँगसँगै लैजाने तयारीमा छन् ।
गत चैत २० गतेबाट सुरु भएको शिक्षक आन्दोलन आज २९औँ दिनमा पनि जारी भएको हो । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नेतृत्व गरिरहेको छ ।
आफ्ना माग पूरा गराउनका लागि सरकारसँगको वार्ता अझैसम्म पनि निष्कर्षमा पुगेको छैन । देशैभरका शिक्षकहरु काठमाडौंमा आन्दोलित हुँदा सबै जिल्लाहरुका सामुदायीक विद्यालयहरुमा पठनपाठन प्रभावीत भएको छ ।
प्रतिक्रिया