चेक गर्न खोज्दा भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस मुलघाटको चेक प्वाइन्ट ड्उटीको टोलीले शंका लागेर चेकजाँच गर्न खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछिी पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसपछि चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा फेला परेको हो । कार र बरामद गाँजा थप कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया