काठमाडौँ । नेपालमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालित साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन–सिबिसिएफले ‘सिबिसिएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल भएको कम्पनीले जनाएको छ ।
विश्व जलचर जनावर दिवस अर्थात वल्र्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबारमा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरूलाई एकै स्थानमा ल्याउने दाबी छ ।
प्रतिक्रिया