ग्लोबल आइएमईका कार्ड होल्डरलाई क्यासब्याक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांगले हस्ताक्षर गरेका छन् ।

यस समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरूमा पोइन्ट अफ सेल (पस) मेसिनमार्पmत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक पाउने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया