राजावादीको प्रदर्शनले लगायो तीनकुनेमा व्यक्तिको घरमा आगो

काठमाडौं । राजावादीहरुले शुक्रबार काठमाडौंमा राजतन्त्रको माग गर्दै गरेको प्रदर्शनमा तीनकुनेको एक घरमा आगो लगाएका छन् ।

राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट उक्त घर जलेको छ । राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् ।

उनीहरुले व्यक्तिका घर, पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।

प्रतिक्रिया