काठमाडौँ बाल अस्पताललाई सिटिजन लाइफको ५ लाख सहयोग

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँ बाल अस्पताल निर्माणको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

काठमाडौँ बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेष गरी निम्न आय परिवारको बालबालिकाहरुको लागी किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ ।

यस महत्वपूर्ण परियोजना निर्माणको लागि सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषराज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केहि मद्दत हुने अपेक्षा राखेको छ ।

प्रतिक्रिया