‘अभिमन्यु’मा गौमाया गुरुङ

काठमाडौँ । फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको हो । ‘चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ । अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ’, निर्माता विनोद पौडेलले भने ।

उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारंगी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । फिल्म २७ भदौमा रिलिज हुनेछ । चलचित्रको थिम पोस्टरले चक्रब्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रब्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् ।
थापाले यसअघि चलचित्र ‘बाटो रोड टु डेथ’ निर्देशन गरेका थिए । चलचित्रमा शरद महतोको डिओपी रहने छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

प्रतिक्रिया