कालिकोट । जिल्लामा हुने बालविवाह रोक्न जिल्लास्तरीय बृहत् बालिका सम्मेलन गरिएको छ । समाजमा हुने बालविवाह, छिटो विवाह, जबरजस्ती विवाहलगायत रोक्न बालिका सम्मेलन गरिएको हो । कालीकोट जिल्लाका ३ वटा स्थानी यतह रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका तथा जिल्लाका अन्य स्थानीय तहका बालिकालाई सम्मेलनमा सहभागी गराइएको छ ।
दुई दिने बालिका सम्मेलनले बालिकालाई झन सशक्त बनाउन सहयोग पुग्ने सशक्त बालिका परियोजनाका परियोजन संयोजक टेकबहादुर थापाले बताए । उनले समाजमा हुने विभिन्न हिंसालाई उजागर गरी किशोरीका अधिकारको बारेमा महत्वपूर्ण भूमिका खेल्दै बालिका सशक्तिकरण, मानव अधिकार, पूर्वाधार विकासलगायतका विभिन्न क्षेत्रमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले काम गरिरहेको जानकारी दिए ।
बालिका तथा किशोरीका विभन्न अधिकारको लागि जिल्लामा विभिन्न संस्थाहरुले कार्यक्रम थालनी गरिरहेको नागरिक समाजका संयोजक दमनराज बमले बताए । उनले सुसाशन, मानव अधिकार, शिक्षा, स्वास्थ्यको पक्षमा संस्थाहरुले अहिले पनि काम गरिरहेको बताउँदै बालिकामाथि विभिन्न हिंसा अहिले पनी सुनिरहनु परेको बताए ।
बालिकाहरुले कुनै पनि काम गर्न सक्दैनन् भन्ने मानसिकता हटाउनुपर्ने जिल्ला किशोरी सञ्ज्यालकी अध्यक्ष सत्या उपाध्यायले बताइन् । जिल्लामा गरिएको बालिका सम्मेलनले गाउँमा हुने विभिन्न हिंसा रोक्न सहयोग पुग्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कालीकोटकी उपाध्यक्ष राधिका बरालले गाउँ समाजमा भएका विभिन्न किुती तथा कुसंस्कार हटाउन शिक्षाको आवश्यकता रहेको बताइन् । छोरा र छोरीबीच अहिले पनि समाजमा विभेद भइरहेको उनको भनाई छ । यसलाई न्यूनिकरण गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिइन् ।
समाजमा हुने गरेका विभिन्न परमपरागत हानिकाक अभ्यास न्यूनिकरण तथा रोकथाम गर्नका लागि बालिकालाई सक्रिय गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका जिल्ला व्यवस्थापक दिलिपकुमार शाहीले बताए । कालीकोट जिल्लाका विभिन्न समाजमा पहिला हुने बालविवाह, समाजमा हुने जबरजस्ती विवाहलगायतका कुरिती रोक्न विभिन्न कार्यक्रम भइरहेको शाहीको भनाई छ ।
जिल्लामा बालिकाहरुले बालविवाह, छिटो विवाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकारलगायतका विभिन हिंसा रोक्न समाजमा विभिन्न कार्यक्रम हुने गरेको छन् । पहिलेभन्दा अहिले समाजमा हुने विभिन्न हिंसाहरु न्यूनिकरण भएपनी अन्त्य नै हुन भने समय लाग्ने कार्यक्रममा सहभागी किशोरीहरुले बताए ।
आफ्नो अधिकारको लागि क्षमता विकास तथा सीप विकासको लागि बालिका सक्रिय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । स्थानीय तहले पनि योग्यता, क्षमता र सीप विकासका लागि बालिकाहरुलाई सशक्त बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।
बालिका सम्मेलनले जिल्लाका किशोरीको भविष्यमा सकारात्मक सिकाईसहित महत्वपूर्ण भुमिका खेल्ने महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । सिंहले गाउँ–समाजमा रहेका विभिन्न बालविवाह, तथा अन्य हिंसाको अन्त्य गर्न बालिकाले आवाज उठाउनुपर्ने बताए ।
जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजितबहादुर शाहीले कालीकोट जिल्लामा गरिएको बालिका सम्मेलनले बालिकाका पक्ष र अधिकारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजमा भएका विभिन्न कुरिती हटाउन बालिका अगाडि बढेर अधिकारको पक्षमा उभिन अनुरोध गरे ।
आफ्नो अधिकार र समाजका विभिन्न हिंंसाको लागि आवाज उठाउन बालिका लाग्नुपर्ने उनको भनाई छ । प्रमुख शाहीले मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कुरा अवगत गराउँदै सहयोगी निकायहरुले सहयोग नगरे पनि स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र कालीकोटका अध्यक्ष गौरी कुमारी शाहीले जिल्ला सम्मेलन अति महत्वपूर्ण रहेकाले बालिकाहरुले नतमस्तक भएर तालिममा सिकाएका कुरा सिक्नुपर्नेमा जोड दिइन् । अध्यक्ष शाहीले समाजमा हुने विभिन्न हिंसाहरु न्यूनिकरण गर्न बालिकाहरुको ठूलो भूमिका रहने भएकाले सबै बालिकाहरु सक्रिय भएर लाग्नुपर्ने बताइन् ।
हुरेन्डेक नेपालको आयोजना तथा जिल्ला समन्वय समिति कालीकोटको समन्वय एवं प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जिल्लास्तरीय बालिका सम्मेलनको आयोजना गरिएको हो ।
कालिकाेट
प्रतिक्रिया