काठमाडौँ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ नाराका साथ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले दिवसको अवसरमा पहिलोपटक यो कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरूप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यताहरूलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरूसमेत लागू गरिसकेको छ ।
हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरूमार्फत वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर रहेको बैंकले जनाएको छ । यसैगरी पुनर्नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै दिगो आर्थिक वृद्धिमा योगदान पु¥याउन पनि बैंक प्रतिवद्ध रहेको जारी प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया