घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको चाँदी १ हजार ९ सय ८० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया