निमाको ‘याम्मैले होई’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन् । पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर रहेको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ ।

प्रतिक ङेस्युर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको भिडियोमा व्यवस्थापक जोग्लाल लामा, मिक्सिङ अर्पण थिङ, छायांकन उमेश शाह, श्रृंगार बुध्ढी तामाङ, कोरियोग्राफर प्रतिक ङेस्युर र निर्देशन, सम्पादन रोशन फ्युवा तामाङको रहेको छ ।

रसुवा जिल्लाको पार्वतीकुण्ड वरपरका हिमाली भेगको रमणीय स्थानहरुमा छायांकन गरिएको ‘याम्मैले होई’ हिमाली सेलो भाकाको गीत हो ।

प्रतिक्रिया