काठमाडौँ । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ गरौँ, बम्पर उपहार जितौँ !’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत बम्पर उपहार आइफोन १६ रहेको छ ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।
यस अभियानअन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नुहुनेछ । साथै, अभियान समाप्त भएपछि १ जना भाग्यशाली विजेताले नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत १ देखि ३१ चैतसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया