काठमाडौँ । कामना ओली, रोल्पाको परिवर्तन गाउँपालिका–५ की स्थायी बासिन्दा । नेपालकी ग्रामीण भेगका प्रायः चेलीको जीवन भोगाइको अनुभव उनको पनि छ । यी सामान्य विषय पनि भए । त्यसै संघर्षका माझ बाल्यकाल बिताएकी उनी एकाएक व्यावसायीक रूपमै सांगीतिक क्षेत्रमा आबद्ध भएको पनि १ दशक पार भइसकेको छ ।
सन् २०६३ को कुरा हो । उनी लिवाङमा छात्रावासमा बसेकी थिइन् । त्यस समयमै उनी सामान्य लोकगीत प्रतियोगितामा पहिलो स्थान हात पार्न थालीसकेकी थिइन् । उनले फड्को भने २०६९ सालबाट हो । विद्यालय तहमा गाउने समयमा नै धेरैले उनको प्रशंसा गरेका थिए । यसले उनी उत्साहित पनि थिइन् ।
२८ फागुन २०६८ को दिन उनको जिन्दगीको यादगार दिन । त्यसै दिन उनी लोकगीतमा आफ्नो क्यारियर खोज्दै काठमाडौँ आएकी हुन् । उनले २०७० सालमा पहिलो एल्बम निकालेकी थिइन् । ‘हजार वर्ष’ नामको सो एल्बम बजारमा आएपछि कमर्सियलरूपले धेरै सफलता त दिलाएन । तथापि सपना पूरा भएको आभास भएको थियो ।
कमर्सियलरूपले सफल नभए पनि उनीमा नयाँ काम गर्न सफल भएकोमा सन्तुष्टि थियो । यस बीचमा उनको आफ्नै लगानीमा करिब आधा दर्जन एल्बम बजारमा आएको छ । अन्यको लगानीमा ३० देखि ४० को हाराहारीका एल्बम बजारमा आएको छ ।
पछिल्लो समय लोकदोहोरीका लागि स्वर्णिम बनेको छ । एकातर्फ इन्टरनेट सञ्चारको विकाससँगै यसले लाभ दिएको क्षेत्र मध्ये लोकदोहोरी क्षेत्र पनि हो । अर्कोतर्फ महोत्सवमा पनि गायक गायिकाको प्रभाव बढिरहेको छ ।
कामनाको गीतका केही विशेषता छन् । उनको मूल विषय लोकदोहोरी हो । ‘झ्याउरे’, ‘पञ्चे बाजा’ र ‘सालै जु’ शैलीका उनका गीतहरू पनि धेरैले मन पराएका छन् ।
कार्यक्रमकै सवालमा उनी कतार, मलेसिया, सिंगापुर, थाइल्यान्ड र भारत पुगेकी छन् । ती देशमा रहेका नेपालीहरूको सांगीतिक मोहले भने उनलाई झनै उत्साहित बनाएको छ ।
उनलाई सबैभन्दा मन परेको ‘हुन्छ हुन्छ भन्दै टारेउ र पो रोएँ ?’ भन्ने गीत हो । दर्शकले सबैभन्दा बढी रुचाएको गीत भने ‘कहिले कमाउने’ हो । गत तिजमा बजारमा आएको ‘घन्काइदेऊ स्पिकर नाच्छु बरिलै’ हो । यो गीत कामना ओली युट्युब च्यानलमा रहेको छ । उनी दर्शकलाई एकपटक यो गीत सुन्नका लागि पनि अनुरोध गर्छिन् ।
भविष्यको योजना संगीतमा नै केही गर्ने भन्ने नै छ । जिन्दगीभर गीत गाएर नै जिन्दगी बिताउने योजना हो । यसका लागि उनको दर्शकहरूलाई केही अनुरोध पनि छ । नेपाली लोकगीत संगीत मात्र होइन, आमनेपालीको जीवनको एउटा अंग पनि हो । पेसागत सोचभन्दा बाहेक अन्य केही सोच पनि उनको मानसपटलमा नभएको होइन । नेपालका सबै स्थानमा संस्कृतिलाई आमनेपालीको सामु उजागर गर्ने उनको लक्ष्य हो ।
पूर्वी रोल्पामा बाल्यकाल बिताए पनि उनका लागि नेपालका प्रायः सबै भूगोलको संस्कृति उत्तिकै सम्मानको विषय हो । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको नेपाली जीवनसँग उनले साक्षात्कार गर्न पाएकी छिन् । यसकारण उनको अबको लक्ष्य नेपाली लोकसंस्कृतिको विकासमा आफ्नो तर्फबाट केही पृथक् योगदान गर्ने नै हो ।
प्रतिक्रिया