नेपाल उत्पीडीत जातिय मुक्ती समाज कालिकोटको अध्यक्षमा नेपाली

कालिकोट । नेपाल उत्पीडीत जातिय मुक्ती समाज कालीकोटको अध्यक्षमा रमेश नेपाली सर्वसम्वत निर्वाचित भएका छन् । फागुन २९ गते भएको पाँचौं जिल्ला अधिवेशनबाट नेपाली अध्यक्षसहित २३ सदस्यीय नेपाल उत्पीडीत जातिय मुक्ती समाज कालीकोटको कार्यसमिति बनेको छ ।

जसमध्ये उपाध्यक्षमा हर्क कामी, जुना कुमाल, सचिवमा गम्म तिरुवा, उपसचिवमा दिपक विक र कोषाध्यक्षमा गोरीकला विश्वकर्मासहित २३ सदस्यीय नेपाल उत्पीडीत जातिय मुक्ती समाज कालीकोट निर्वाचित भएका छन् ।

‘जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौँ, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौँ’ भन्ने मुल नाराकासाथ पाँचौं जिल्ला सम्मेलन फागुन २९ गते सुरु भएको हो । अध्यक्षमा निर्वाचित नेपालीले दलित समुदायका मात्र मुद्दाहरु नभएर समाजमा रहने हरेक मानिसका मुद्दामा संगठन लागिपर्ने बताएका छन् ।

परम्परागत हानिकारक अभ्यासहरु न्यूनिकरण गर्न तथा अन्त्य नै गर्ने लक्ष नेपाल उत्पीडीत जातिय मुक्ती समाजको रहेको रमेश नेपालीले बताएका छन् । नेपालीले विगत लामो समयदेखि समाजमा रहेका विभिन्न कुरिती कुसंस्कार र मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका छन् ।

समाजसेवाका कामदेखि लिएर मानव अधिकारका क्षेत्रहरु, महिला, बालबालिकाका क्षेत्रलगायत समाजमा आइपर्ने विभिन्न समस्या समाधान र चुनौतीसँग लड्दै सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएका नेपाली दलित महिला संघ फेडो नेपालमा कार्यरत थिए । नेपाल उत्पीडीत जातिय मुक्ती समाज नेकपा एमाले निकट भातृ संगठन हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया