ललितपुर । अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रिटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । नेपाली फिल्म क्षेत्रका तीन अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन् ।
समारोहमा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरु समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे । समारोहमा ढिला गरि उपस्थित अभिनेत्री शाहले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन् ।
अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डा. श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो । उनका अनुसार भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ । यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ ।
डा. श्रेष्ठका अनुसार यो प्रविधि छालाका विभिन्न समस्याहरु सुधार गर्न प्रयोग गरिन्छ । उनका अनुसार छालाको कसिलोपन कोलाजेन उत्पादन बढाएर छालालाई टाइट बनाउँछ, चाउरी र फाइन लाइनहरू हटाउँदै बुढ्यौलीका संकेतहरू कम गर्छ, छालाको बनावट सुधार गरि छालालाई मोटो, चम्किलो र स्वस्थ बनाउँछ । उनका अनुसार यो प्रविधि एक्ने स्कारको लागि अहिलेसम्मकै एक उत्कृष्ट डिभाइस हो ।
त्यस्तै, यसले छालाको पिग्मेन्टेशन र दाग हटाउने, अनुहारका दाग, स्ट्रेच मार्क्स र रंग असमानतालाई समेत सुधार गर्छ । त्यस्तै यसले तेलियापन र पोर्स सानो बनाउँदै छालाको तेल नियन्त्रण गर्छ र कपालको रौका प्वालहरू साना बनाउँछ । यसका साथै कपालको हेयर रिग्रोथका लागि भिभाचीलाई एक्सा्सम्ससंग प्रयोग गर्दा रिसर्च अनुसार कपालको डेन्सिटी तथा डायमिटरमा सुधार हुन्छ ।
प्रतिक्रिया