कालिकोट । नेपाल बुद्धिजीवी परिषद् शाखा कालिकोटको अध्यक्षमा तुरालाम धिताल सर्वसम्मत निर्वाचित भएका छन् । बुद्धिजीवी परिषदको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा धितालसहित २३ सदस्यीय बुद्धिजीवी परिषद् जिल्ला शाखा चयन भएको हो ।
उपाध्यक्षमा दानबहादुर धामी, सचिवमा सदानन्द तिमिल्सिना, उपसचिवमा नरेश दर्जी, निर्मला शर्मा सिम्खाडा, कोषाध्यक्षमा बलिराज शाहीलगायत २३ सदस्यीय बुद्धिजीवी परिषद् गठन भएको छ ।
अध्यक्ष पदमा निर्वाचित धितालले संगठन बलियो र मजबुत बनाउन तथा संगठनको हितका लागि सदैव लागिपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद् नेकपा एमाले निकट भातृ संगठन हो ।
कालिकाेट
प्रतिक्रिया