पर्सा । पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले पोखरिया मालपोत कार्यालयको अनुगमन गरेका छन् । पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा रहेको मालपोत कार्यालयको मेयर चौहानले मंगलबारको अनुगमन गरेका हुन् । यही फागुन १५ गते मालपोत कार्यालयको उद्घाटन भएको थियो ।
मेयर चौहानले मालपोत कार्यालयको अनुगमनको क्रममा सेवाग्राहीहरुसँग समस्याबारे जानकारी लिएका थिए । मालपोत कार्यालयलाई अझै बलियो व्यवस्थापन गराउनमा कुनै कमी नराख्ने बताए । कुनै समस्या भएमा जानकारी गराउन आग्रहसमेत गरेका थिए ।
मालपोतका कर्मचारीहरुसँग कुरा गर्दा सोमबार १० जना र मंगलबार १४ गरी २४ जना सेवाग्राहीहरुको काम भएको छ ।पोखरिया मालपोत कार्यालयबाट सेवाग्राहीहरुले सेवा लिएपछि धेरै खुशी भएको बताए । मालपोत कार्यालयमा पोखरिया नगरपालिका, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर जगरनाथपुर र बिन्दबासनी गाउँपालिका गरी ७ पालिकाकका सेवाग्राहीहरुले सेवा लिनेछन् ।
पर्सा
प्रतिक्रिया