पोखरिया मालपोत कार्यालयमा मेयर चौहानले गरे अनुगमन

पर्सा । पर्साको पोखरिया मालपोत कार्यालयमा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले अनुगमन गरेका छन् । मंगलबार चौहानले सेवाग्राहीसँग समस्या बारे जानकारी लिएका हुन् । फाल्गुन १५ गते बिहीबार पोखरिया नापी र मालपोत कार्यालयको उद्घाटन गरएिको थियो ।

मेयर चौहानले मालपोत कार्यालयलाई अझै बलियो ब्यवस्थित बनाउन कुनै कसर बाकी नराख्ने बताए । कुनै समस्या भएमा जानकारी गरानु आग्रह गरे ।

मालपोत कर्मचारीहरुको अनुसार सोमबारको १० जना र मंगलबारको १४ गरि २४ जना सेवाग्राहीले सेवा लिएका छन् । पोखरिया मालपोत कार्यालयबाट सेवाग्राही हरुले सेवा लिएपछि धेरै खुशि भएका बताइएको छ ।

उक्त मालपोत कार्यालयबाट पोखरिया नगरपालिका, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर जगरनाथपुर र बिन्दबासनी गाउँपालिका गरि सात पालिकाका नागरिकले सेवा लिने छन् ।

प्रतिक्रिया