रुकुम पश्चिमसहित पहाडी भेगमा रातभर वर्षा

रुकुम पश्चिम । रुकुम पश्चिमसहित विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । सदरमुकाम मुसिकोटसहित जिल्लाभर वर्षा जारी छ । रुकुम पश्चिमसँगै कर्णाली प्रदेशका अधिकांश जिल्लाहरुमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा भारी वर्षासँगै हिमपातको सम्भावना छ ।

वर्षाका कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै विभागले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । वर्षापछि तापक्रम घटेसँगै चिसो बढेको छ । मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया