काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा प्रेम विवाहको विषयमा दुई समूहबिच झडप हुँदा २० जना घाइते भएका छन् । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबीच झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको बताइएको छ । ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिए ।
प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेसपुरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । स्थिती नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।
प्रतिक्रिया