बीवाईडी हाई-टेक विक २०२५ काे घोषणा

काठमाडौँ । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई-टेक विक २०२५ गर्ने घोषणा गरेको छ । द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।

बीवाईडी हाई-टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ ।

बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई-प्लेटफर्म ३ दशमलव ०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन-कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन सकिनेछ ।

त्यसैगरी स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल-टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न सकिनेछ । पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक भएको बताइएको छ । बीवाईडी हाई-टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ ।

अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने छ । बीवाईडी हाई-टेक विक २०२५ का लागि टिकट ई-सेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रिया