सिप्रदीद्वारा प्रहरीहरुलाई दुई दिने गाडी व्यवस्थापन तालिम

वीरगञ्ज । सिप्रदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी चालकहरुलाई दुई दिने गाडी व्यवस्थापन तालिम आयोजना गरेको छ ।

सिप्रदी ग्रुप कम्पनीजको सामाजिक उत्तरदायित्व (CSR) निर्वाह गर्दै आइरहेको सिप्रदीयन सहायता संस्थाले पर्सा जिल्लामा कार्यरत प्रहरी चालकहरुलाई दुई दिने गाडी व्यवस्थापन, सुरक्षित सञ्चालन तथा नयाँ प्रविधिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन वीरगञ्जस्थित सिप्रदी ट्रेडिङ प्रालिमा भएको हो ।

प्रहरी चालकहरुको तालिमले प्रहरीलाई गाडी व्यवस्थापनको क्षेत्रमा दक्षता र क्षमता वृद्धि गर्न सहयोग पुर्याउने उदेश्य राखिएको छ । जसले समुदायको विकासमा सिप्रदीयन सहायता संस्थाको सक्रिय योगदानलाई थप सुदृढ बनाएको सिप्रदीले जनाएको छ । उक्त तालिममा इन्जिनियर मोहन कुमार गुप्ता, सम्साद अली र अबुलैस अन्सारीले प्रशिक्षण दिने भएका छन ।

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख अतिथिमा भएको कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका आजीवन सदस्य सन्दीप गुप्ता कानु र प्रहरी निरीक्षक रमेश कुमार तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया