प्युठान । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अघिल्लो चुनावमा भएको गठबन्धन गलत भएको बताएका छन् । सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा अबको निर्वाचनमा यस्तो नहुने बताएका हुन् ।
जिल्लामा नेपाली कांग्रेसले राष्ट्रिय जनमोर्चाको गिलास चिन्हमा भोट हाल्नुपर्ने अवस्थाप्रति उनले माफी माग्दै अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्ने पाइने बताए । कांग्रेसलाई केही हजार भोट अपुग रहेको भन्दै त्यसका लागि खट्न कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेसको विधि र विधानलाई सच्याउँदै गुट–उपगुट अन्त्य गर्नुपर्ने धारणा राखे ।
उनले अहिलेको सरकारमा कांग्रेस र एमालेको बराबर हैसियत भएको बताए । महामन्त्री थापाले भने, ‘एमालेसँग हामी बराबरको व्यवहार चाहन्छौँ, न हामी एमालेलाई हेप्छौँ, न हामी एमालेबाट हेपिन्छौँ ।’
अहिलेको सत्ता साझेदारीको अवधी ३ वर्ष बाँकी रहेको भन्दै उनले यो अवधिमा सरकारले धेरै काम गर्न सक्ने बताए । अहिलेको सरकारले केही परिणाम दिने गरी काम गर्न खोजेको उनको भनाई छ । विगतमा छोटो अवधीको सरकार लोकप्रिय बनेको उदाहरण दिँदै अहिलेको सरकारले पनि छोटो समयमा धेरै काम गर्न सक्ने बताए ।
प्युठान
प्रतिक्रिया