यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

काठमाडौँ । यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहाबीच व्यापारिक सम्झौता भएको हो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको सोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध रहने बताइएको छ ।

पहिलो चरणमा काठमाडौँका सोरुमहरू टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहनेछन् । नक्सालस्थित यामाहाको ब्लु स्क्वायर सोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने कम्पनीले जनाएको छ । यसअघि नै आफ्नो २ अत्याधुनिक सोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस् नेपालले अब कुल ६ स्थानहरूबाट सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया