काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी बिक्री सुरु गरेको छ । कम्पनीले ५६ लाख ९९ हजार रूपैयाँ मूल्य तोकेर आफ्नो पहिलो कुप्पे उसयूभी बिक्री थालेको हो ।
सिप्रदी यसअघि अन्य मोडलमा दिएको जस्तो धेरै भेरियन्टमा कर्भ ईभी बिक्री गर्ने छैन । कम्पनीले कर्भ ईभीको टप भेरियन्ट मात्रै बिक्रीको लागि उपलब्ध गराएको छ ।
लङ रेन्ज मोडल मात्रै उपलब्ध हुने कर्भमा ५५ किलोवाट आवरको ब्याट्री प्याकमा रहने छ । टाटा कर्भ ईभीको ठूलो ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ । एमआईडीसी टेस्टले भने ५०२ किलोमिटर रेन्ज देखाएको छ ।
टाटाले कर्भ ईभीलाई ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर नेपाल ल्याएको हो । सानो मोटर र ठूलो ब्याट्री भएको कारण यसको रेन्ज निकै राम्रो हुने अनुमान गर्न सकिन्छ ।
कम्पनीले कर्भ ईभीमा १८ इन्चको अलोय ह्वील, १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ । कम्पनीका अनुसार कुप्पे डिजाइन एसयूभीलाई ४५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिन्छ ।
अत्याधुनिक फिचरहरुले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम, ५०० लिटरको बुट स्पेश कर्भ ईभीमा पाउन सकिन्छ ।
भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेवल २ एडास फिचर दिइएको छ ।
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया