काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका–१ मा १३०औँ र ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ मा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । फिदिम र फुङ्लिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेस्ट बैंकका शाखाहरूको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्ने दाबी गरिएको छ ।
फिदिम र फुङ्लिङ शाखा बैंकका सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोसी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले संयुक्तरूपमा उद्घाटन गरे ।
यस्तै फुङ्लिङ शाखाको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरूलगायत स्थानीयबासीको उत्साहजनक उपस्थितिका बीच भएको हो । आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा बिस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ । पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन् ।
प्रतिक्रिया