एकीकृत समाजवादीको बैठक दोस्रो दिन पनि जारी

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज पनि जारी छ । सो पार्टीको बैठक आज दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख चमिना भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा प्रस्तुत भएका प्रतिवेदन, विधान र पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रमका बारेमा केन्द्रीय सदस्यले धारणा राख्नेनेछन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको आलोचना गर्दै माथिबाट हुने गरेको गुट अन्त्य गर्न आग्रह गरेका छ्न् ।

पार्टी अधारिक निर्णयको विरुद्ध नेताहरुले मिडियामा बोल्ने क्रम रोकिनुपर्ने सदस्यहरुको धारणा राखेका छन् । भट्टराईले बैठक आजै सकिने बताइन् । पार्टीको कार्यसम्पादन र मूल्यांकनलाई नियमित र प्रभावकारी बनाउन माग गरिएको छ । आएका प्रश्न र सुझावमा अध्यक्षको धारणासहित बैठक समापन हुने प्रचार विभाग उपप्रमुख भट्टराईले बताइन् ।

प्रतिक्रिया