भ्रष्टाचार र वेथितीविरुद्ध मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नु पर्ने भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको हाे ।

सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले देश एकपछि आर्को गर्दै असफलताको दिशामा अभिमुख हुँदै गएकाले त्यसलाई रोक्न आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए ।

सो पार्टीका वरिष्ठ नेता केवी लिम्बुले संसदिय व्यवस्था फाल्नका लागि सम्पपूर्ण देशभक्तहरु एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे । वरिष्ठ क्याप्टेनसमेत रहेका लिम्बुले पहिचानवादी, राजावादी, माओवादीदेखि हिन्दुवादीसम्म सबैले आ–आफ्ना एजेण्डा त्यागेर आन्दोलनमा जुट्नु पर्ने बताए । उनले भने, ‘देशको प्रमुख दूष्मन संसदिय व्यवस्थालाई फालेर प्रत्यक्ष जन–निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्छ ।’

पार्टीका उपाध्यक्ष तथा अर्थविद टुलराज वस्यालले देशको अर्थतन्त्र खस्किएर देश असफलतातिर जानुमा संसदिय व्यवस्था जिम्मेवार भएकाले त्यसलाई फाल्नु पर्ने धारणा राखे । पार्टीका युवा नेता आर.के ढाकालले दिनदिनै हजारौंको संख्यामा युवा पलायन रोक्न देशमा उनिहरुको भविष्य सुनिश्चितताको लागि आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए ।

सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले स्थापना दिवसको अवसरमा देशव्यापीरुपमा आन्दोलनको घोषणा गरेका हुन् । गिरीले भोलि २०८१ फागुन १० गते काठमाडौंको शान्तिवाटिकामा देशको कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध मातृभूमी जनजागरण तथा झाडुकुचो कार्यक्रम विहान ८ः३० बजेदेखि सुरुवात गरेर त्यसलाई देशैभरी बिस्तार गरिने घोषणा कार्यक्रम सार्वजनिक गरे ।

उनले २० गते माईतिघर मण्डला काठमाडौं, २१ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, २२ गते हेटौंडा बुद्धचोक, २३ गते पर्षा विरगञ्ज, २४ गते रौतहटको माधवपुर, २५ गते धनुषाको जनकपुर, चैत्र पहिलो साता सुदुरपश्चिम र चैत्र दोस्रो साता पूर्वको कोशीमा मातृभूमी जनजागरण तथा झाडुकुचो कार्यक्रम गर्ने सार्वजनिक गरे ।

सो कार्यक्रममा युवा मातृभूमी शक्ति(युमाश)का संयोजक सविनले पार्टीले गर्ने संघर्षका कार्यक्रमलाई जसरी पनि सफल बनाउने बताए । सो कार्यक्रमा जनकवी भोला बरालले कविता वाचन, भिमशेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठको नाटक र कृष्ण भक्त महर्जनले व्यंग्यात्मक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पार्टीका सचिव तोप गुरुङ, केन्द्रीय नेतृ गंगाकुमारी थापा र उप–महासचिव लक्ष्मिदत्त भट्टले पनि बाेलेका थिए ।

प्रतिक्रिया