किशोर र वयस्कबीच अन्तरपुस्ते संवाद

कालिकोट । वयस्क पुरुषको साथविना विभिन्न हिंसा न्यूनीकरण गर्न नसकिने किशोरहरू बताउँछन् । किशोरको साथले वयस्क पुरुषहरू पनी हिंसा न्यूनीकरणमा लागेका छन् ।

विशेष गरी पहिले र अहिले समाजमा हिंसाको के कस्तो अवस्था छ ? समाजमा हुने विभिन्न किसिमका हिंसाहरू अन्त्य तथा न्यूनीकरण गर्न किशोर, किशोरी मात्र नभएर समाजमा रहेका वयस्क पुरुषको भूमिका के रहन्छ होला ?

शुभकालिका गाउँपालिका–१ र २ मा किशोर र वयस्क पुरुषबीच अन्तरपुस्ते संवाद कार्यक्रम सम्पन्न भएको छ । शुभकालिका गाउँपालिका–१ मा ५० जना सहभागी मध्ये २५ जना किशोर र २५ जना वयस्कबीच अन्तरपुस्ते संवाद कार्यक्रम हो । यस्तै सोही गाउँपालिका–२ मा पनि ५० जना सहभागी मध्ये २५ जना किशोर र २५ जना वयस्क पुरुषबीच अन्तरपुस्ते संवाद भएको छ । अन्तरपुस्ते संवादमा पहिले र अहिले के फरक छ ? भन्ने बारेमा छलफल भयो ।

वयस्क पुरुषले लैंगिक हिंसा मात्र नभएर समाजमा रहेका अन्य हानिकारक अभ्यास न्यूनीकरण गर्नतिर अग्रसर रहेको देखिन्छ । विभिन्न संघसंस्थाले दिएको तालिम र आफ्ना बालबालिकाबाट धेरै कुराको ज्ञान लिएको वयस्क पुरुषको अनुभव छ । अन्तरपुस्ते संवाद कार्यक्रममा वयस्क पुरुष र किशोरले समाज परिवर्तन गर्नका लागि समाजमा रहेका हरेक व्यक्तिको साथ आवश्यक रहेको बताएका छन् ।

हानिकारक लैंगिक मापदण्डको विरुद्धमा किशोर र वयस्क पुरुषबीच अन्तरपुस्ते संवाद कार्यक्रम गरेर हिंसाहरू न्यूनीकरण गर्नु यस संवादको मुख्य उद्देश्य रहेको आवाज संस्थाका सामाजिक परिचालक विपना अधिकारीले बताइन् । सशक्त महिला समृद्ध नेपालअन्तर्गत सकरात्मक लैंगिक मापदण्डहरूको प्रवद्र्धन, लैंगिक हिंसाको रोकथाम र यसका सेवाहरूमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत आवाज संस्थाद्वारा संवादको आयोजना गरिएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया