वीरगञ्ज । राष्ट्रिय समाचार समितिको ६४औ वार्षिकोत्सवको अवसरमा जिम्मेवार पत्रकारिता र राससको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा राससका सहकर्मी गयासु मिया देवान, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, वीरगञ्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट, सशस्त्र प्रहरी बल पर्सा १३ नं. गणका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी र दिलिपराज कार्कीलाई दोसाल्ला ओढाइ सम्मान गरिएको थियो ।
रासस वीरगञ्जका कार्यालय प्रमुख हिमाल लम्सालको अध्यक्षता र मधेस सरकारका भुमि व्यवसथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्य रहेको सो अन्तरक्रिया कार्यक्रममा जिम्मेवार पत्रकारिता र राससको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मधेस सरकारका भुमि व्यवसथा कृषि सहकारी मन्त्री क्षेत्रीले पत्रकार राष्ट्रको चौथो अंग भएकाले सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न आग्रह गर्दै कुनै कुनै बेला सानो समाचारले पनि उग्ररुप लिएर विद्रोह गराउन सक्ने भन्दै सचेत हुन आग्रह गरे ।
साथै, राससमा कृषिसम्बन्धी समाचार सम्प्रेषण गर्न राससलाई सुझाव दिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले मिडिया विधेयक सरकारले ल्याउन लागेको बारेमा नेपाल पत्रकार महासंघले विरोध गर्दै ज्ञापनपत्र समेत बुझाएको र राससले पनि यसको विरोध गर्नुपर्ने बताए ।
प्रतिक्रिया