ऋतिकको फिल्मको विशेष स्क्रिनिङ घोषणा

मुम्बई । ऋतिक रोशन र ऐश्वर्या रायको फिल्म ‘जोधा अकबर’लाई फ्यानहरूले निकै रुचाएका थिए । यो एक पिरियड ड्रामा फिल्म थियो र यसमा ऋतिक–एशको जोडीले फ्यानबाट धेरै माया पाएको थियो । यो फिल्म रिलिज भएको १७ वर्ष भइसकेको छ । यस विशेष अवसरमा, ओस्कार अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेजले यस फिल्मको विशेष स्क्रिनिङको घोषणा गरेको छ । मार्चमा यो फिल्मको स्पेसल स्क्रिनिङ हुनेछ । आशुतोष गोवारिकर निर्देशित ‘जोधा अकबर’ सन् २००८ मा रिलिज भएको थियो ।

यो एक ऐतिहासिक रोमान्टिक फिल्म थियो, जसमा ऋतिक रोशनले अकबरको भूमिका निभाएका थिए भने ऐश्वर्या रायले जोधाबाईको भूमिका निभाएकी थिइन् । फिल्मले फ्रेबुअरी १५ मा १७ वर्ष पूरा गरेको छ । फिल्म ‘जोधा अकबर’को विरासतलाई कायम राख्दै एकेडेमीले मार्च २०२५ मा लस एन्जलसमा फिल्मको विशेष स्क्रिनिङको आयोजना गरेको छ । यो ‘जोधा अकबर’ को लागि उत्सवभन्दा कम छैन ।

फिल्मको बारेमा आशुतोष गोवारिकर भन्छन्, ‘जोधा अकबरको १७ वर्ष पूरा भएकोमा दर्शकप्रति म धेरै आभारी छु । मानिसहरूले यसलाई आफ्नो सम्झनामा राखेका छन् र अझै पनि प्रेम व्यक्त गरिरहेका छन् । फिल्मको रिलिजदेखि लिएर ओस्कारमा स्पेसल स्क्रिनिङसम्म सबैको मिहिनेतका कारण फिल्म सफल भएको छ । फिल्मले विश्वभरका दर्शकको माया पाएको छ ।’

केही दिनअघि ‘जोधा अकबर’ को बारेमा खबर आएको थियो कि फिल्ममा ऐश्वर्या राईले लगाएको लेहेँगालाई एकेडेमीले मोसन प्रदर्शनीका लागि राखेको थियो । यो पोसाक प्रसिद्ध डिजाइनर नीता लुल्लाले डिजाइन गरेकी थिइन । ‘जोधा अकबर’ यसको भव्य सेट र शाही भव्यताका लागि मात्रै होइन, बरु, यो फिल्म यसको उत्कृष्ट छायांकन, उत्कृष्ट वेशभूषा र उत्कृष्ट ध्वनि ट्रयाकको लागि पनि सम्झना गरिन्छ । यस फिल्ममा ऐश्वर्या र ऋतिकका साथै सोनु सुद, रजा मुराद, इला अरुण, सुहासिनी मुकके र निकितन धीरले पनि अभिनय गरेका थिए ।

प्रतिक्रिया