खाँडाचक्रमा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

कालिकोट । खाँडाचक्र नगरपालिकाको पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम नगरप्रमुख कप खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुख्य नाराका साथ कार्यक्रमको सुरु भएको हो ।

पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ तथा प्रथम नगर प्रमुख कप खेलकुद प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल, हाइजम्प, लमजम्प, कबड्डी, रिले दौड, छोटो दौड, लामो दौड, सटफुट, ज्याप्लिंग थोरो लगायतका खेलहरु सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीले बताए ।

शाहीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खाँडाचक्र नगरपालिकाभित्र रहेका ११ वटा विद्यालयबाट खेलाडी छनौट गरी राष्ट्रपति रनिङ शिल्डमा खाँडाचक्र नगरपालिकाबाट सहभागी गराउने उदेश्य यस खेलकुद प्रतियोगिता रहेको बताए ।

खाँडाचक्र नगरपालिका खेलकुद समितिका अध्यक्ष सूर्यबहादुर शाही (सुधार) को अध्यक्षता तथा नगरप्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यमा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ तथा प्रथम नगरप्रमुख कप खेलकुद प्रतियोगिताको सुभारम्भ गरिएको हो ।

खाँडाचक्रका नगरप्रमुख शाहीले खेलकुद क्षेत्रमा खाँडाचक्र नगरपालिकाको ठूलो योगदान रहेकाले खेलाडीहरुले हरेक ठाउँमा हुने खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन देखाउनुपर्नेमा जोड दिए । उनले जिल्ला बाहिर होस् या जिल्लाभित्र होस् जहाँ गए पनि खाँडाचक्र नगरपालिकाको स्वाभिमान बढ्ने तरिकाले खेल खेल्न खेलाडीहरुलाई सुझाव दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया