काठमाडाैँ । बुधबार गरिएको प्रिमियर सोमा फिल्म ‘रंगी’ लाई सकारात्मक प्रतिक्रिया मिलेको छ । शुक्रबारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित चलचित्रकर्मीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म बाबुछोरीको कथामा आधारित छ । अभिनेता सलोन बस्नेतले यसै फिल्मबाट निर्माताको रूपमा डेब्यु गरेका हुन् ।
फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले फिल्मको कथावस्तु मन परेको बताए । उनीहरूले फिल्मको कथादेखि कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरे ।
फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । यस फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ ।
प्रतिक्रिया