काठमाडौं । ‘को नै छ र अरू’ बोलको लोकगीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायिका सुनीतामी परियार र गायक गोविन्द मधुर आचार्यको आवाज रहेको उक्त गीतको भिडियो बजारमा आएको हो ।
सञ्चारकर्मी तथा गीतकार किस्ना आचार्य रोशनीले गीतमा शब्द रचना गरेकी छन् । त्यसैगरी गीतमा संगीत र संगीत संयोजन गायक आचार्यकै रहेको भने गायक आचार्यले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
‘को नै छ र अरु, मैले मनको पीडा पोख्ने को नै छर अरु, मलाई यति जबाफ देउ ए निष्ठुरी माया मुटुमा लागेको घाउ म कसरी भरूँ’ आफु शुन्य भएर पनि प्रेमिकालाई आफूले साथ दिएको भन्दै प्रेमीले गुनासो व्यक्त गरेका छन् ।
मनमा अगाध प्रेम भएर अलग बस्न पर्दाका पीडा गीतमार्फत प्रस्तुत गरिएको गीतकार आचार्यले बताइन् । उक्त गीतको भिडियोमा प्रेमराज लामिछानेले निर्देशन गरेका छन् भने उनले नै सम्पादन गरेका हुन् ।
प्रतिक्रिया