उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा

पोखरा । सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै ब्ल्याक बुल्स एफसी उज्बेकिस्तान आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कास्कीको पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा ब्ल्याक बुल्सलाई ३–० ले पराजित गर्दै नर्थ युनाइटेडले अन्तिम ४ मा स्थान बनाएको हो । नर्थ युनाइटेडले अब फाइनल प्रवेश गर्न थ्री–स्टारसँग खेल्ने छ । खेलको ३८औँ मिनेटमै इस्लोमजोन अब्दुकोदिरोभले गोल गर्दै ब्ल्याक बुल्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अगाडि रहेको ब्ल्याक बुल्सले दोस्रो हाफमा २ गोल थप्यो । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका साइदजमोल दाभलातजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको २ मिनेटपछि साभकातजोनले अर्को गोल गर्दै अग्रता ३–० मा पु¥याउँदै सानदार जित दिलाए ।

प्रतिक्रिया