खाँडाचक्र नगरपालिकाको प्रशासनिक भवन शिलान्यास

कालिकोट । खाँडाचक्र नगरपालिकाको बहुउद्येश्यीय प्रशासनिक भवनको शिलान्यास गरिएको छ । स्थानीय सरकार सञ्चालन भएदेखि नगरपालिका भाडामा बस्दै आएको थियो । नगरपालिका मात्र नभएर वडादेखि विभिन्न शाखाहरु पनि भाडामा बस्दै आएका छन् ।

नगरपालिकाको आफ्नै भवन बनाउनका लागि १९ करोड ६२ लाखमा आरएण्ड सिएस निर्माण सेवाले काम पाएको हो । नगरपालिकाको भवन निर्माण गर्नुपूर्व आइतबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको विशेष आतिथ्य रहेको थियो ।

भवनको शिलान्यास कार्यक्रममा जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, वडाध्यक्षहरु, खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही, आरएण्ड सिएस निर्माण सेवाका प्रतिनिधि अलिबहादुर शाही लगायत विभिन्न शाखाबाट प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बहुउद्येश्यीय प्रशासनिक भवन निर्माणका लागि ३६ महिनाको अवधी रहेको छ । ३७ मिटर चौडाई र १६ मिटर लम्बाइमा बहुउद्येश्यीय प्रशासनिक भवन निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा अतिथिहरुले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै दिगो टिकाउको काम हुनुपर्नेमा जोड दिएका थिए । विभिन्न ठेकेदारको लापरवाहीका कारण काम सम्पन्न नहुने, बिचमै छाडेर जाने क्रम बढ्दो रहेकाले यस निर्माण कम्पनीबाट त्यो अपेक्षा नरहेकाले काम सम्पन्न गर्न लागिपर्नु आवश्यक रहेको उनीहरुले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया