महिला टी–२० क्रिकेट : थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । कामाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत आजको खेलमा थाइल्याण्डले नेपाललेलाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रनको योगफल बनाएको हो ।

थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । उनले २८ बलमा १ चौका प्रहार गरिन् । नान्नापत खोन्चरोएन्कले २३ बलमा १९ तथा अफिसारा सुवान्चोनरथीले १९ बलमा १७ रन जोडिन् ।

५६ रनमा ६ विकेट गुमाएर झिनो योगफलको सम्भावना देखाएको थाइल्याण्डका लागि छैठौँ विकेटका लागि ५० रनको साझेदारी भए सँगै थाइल्याण्डले मध्यम योफल तयार भयो ।

नाट्टाया बुचाथमले ९ बलमा १२ जोड्दै आउट हुँदा थिपचा पुत्थावोंग २५ रनमा नट आउट रहिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिईन् । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् ।

नेपाल अहिलेसम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया