प्रेस चौतारी कालिकोटले तयार पार्याे नयाँ कार्ययोजना

कालिकोट । प्रेस चौतारी नेपाल कालिकोटको पहिलो बैटक विभिन्न निर्णय सहित कार्ययोजना तयार गदै सम्पन्न भएको छ । २०८१ माघ १९ गते सम्पन्न भएको अधिवेशनबाट प्रेस चौतारी नेपालले नयाँ नेतृत्व पाए संगै केही नयाँ कामहरुका लागि कार्ययोजना तयार गरेको हो । प्रेस चौतारी नेपाल कालिकोटको ७ औँ अधिवेशन सम्पन्न पार्नका लागि सहयोग गर्ने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य,प्रदेश सदस्य ,निर्वाचन आयोग तथा चौतारीका अन्य नेताहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम राखेको छ । प्रेस चौतारी नेपाल शाखा स्थापना कालदेखि कार्यालय नभएकाले प्रेस चौतारी नेपालको कार्यालय व्यवस्थापन गर्ने योजना बनाएको छ ।

प्रेस चौतारी नेपाल कालिकोटमा रहेका क्रियाशिल सदस्यहरुलाई पत्रकार महासंघको सदस्यता दिनका लागि कार्ययोजना बनाएर लाग्ने निर्णय सर्वसम्वत पारित भएको छ भने प्रेस चौतारी नेपाल कालिकोटका १२० जना सदस्यहरुको नविकरण शुल्क एकिकृत गरी केन्द्र र प्रदेशको दायित्व भुक्तानी गर्ने निर्णय पारित भएको छ ।

प्रेस चौतारी नेपाल कालिकोट शाखाको खाता संचालन गर्नका लागि प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष रमेश सुनार,सचिव ललित विष्ट र कोषाध्यक्ष तारा सार्कीको सयुक्त हस्ताक्षरमा खाता संचालन गर्ने र वर्षको एक पटक क्रियाशिल पत्रकारलाई प्रेस चौतारी नेपाल कालिकोटले पुरस्कार सहित सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालमा आवद्ध क्रियाशिल पत्रकारहरुलाई क्षमता अभिबृद्धिको लागि पत्रकारीता तालिमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।

पहिलो बैठकमा प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष रमेश सुनारको अध्यक्षता,नेकपा एमाले कालिकोटका पार्टी सचिव पुष्पराज आचार्यको प्रमुख आथित्यता, पत्रकार महासंघका केन्द्रिय सदस्य तुलाराम पाण्डे र प्रेस चौतारी नेपाल कर्णाली प्रदेश सदस्य हस्त चौलागाँईको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका अथितिहरुले कार्यकाल सफलताको शुभकामना दिदै बनाइएका कार्यायोजना र निर्णय हरु लागु गर्नुपर्नेमा जोड दिएका छन । प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष रमेश सुनारले विगतका दिनमा संगठनको हितका लागि काम गदै आउदा आज संगठनले उच्च मुल्यांकन गदै आफुलाई अध्यक्षको जिम्मेवारी दिएकोमा चौतारीका नेताहरु सवैलाइ धन्यवाद दिए ।

उनले नयाँ ढंगबाट कामकाज गर्ने, संगठनमा आवद्ध पत्रकारहरुको हकहितका लागि सदैभ अग्रसर भएर जाने,गरेका निर्णय र कार्ययोजनामा रहेका काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया