साइराजको गीतमा अञ्जना बराइली

काठमाडौँ । गायक साइराज खातीले नयाँ गीत ‘मेटुँ भन्छु केरकार पारी’ ल्याएका छन् । गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन् । युवामाझ लोकप्रिय गायक खातीले ‘मेरो भ्वाइस युनिभर्स’मा पाँचाँै स्थान पाएका थिए । ‘प्रसाद’, ‘पुजार सार्की’जस्ता चलचित्रमा संगीत गरेका सुवास भुसालले यस गीतमा संगीत भरेका छन् भने एरेन्ज, मिक्सिङ र मास्टरिङ विश्व अधिकारीले गरेका हुन् ।

देशमा बढ्दो बेरोजगारीको कारण प्रेम र सम्बन्धहरू क्रमशः चिसिँदै गएको कथा गीतले भन्न खोजेको छ । अहिलेकी निकै व्यस्त नायिका अञ्जना बराइलीले अभिनय गरेकी छन् । उनलाई अभिनयमा गीतकार तथा कलाकार सुरेन्द्र दियालीले साथ दिएका छन् । विशाल थापाले छायांकन गरेको म्युजिक भिडिओ गणेश शाहीले निर्देशन गरेका हुन् । गीत भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।

प्रतिक्रिया