रुपन्देहीको इलाका प्रशासन कार्यालय मझगावाँमा चोरी

लुम्बिनी । रुपन्देहीको इलाका प्रशासन कार्याल मझगावाँमा चोरी भएको छ । कार्यालयका प्रमुख यज्ञराज पोख्रेलका अनुसार, अज्ञात व्यक्तिहरूले कार्यालयको कोठा नं. २ को ताला फोडेर राष्ट्रिय परिचयपत्र सेवासम्बन्धी ल्यापटप र क्यामरा चोरी गरेका हुन् ।

कार्यालय प्रमुख पोख्रेलले भने, ‘कार्यालयमा सिसिटीभी क्यामरा छैन, त्यसैले चोरी गर्ने व्यक्तिको पहिचान गर्न समस्या आएको छ । विहान कर्मचारीहरूले कार्यालयमा प्रवेश गर्दा ताला तोडिएको अवस्था देखिएपछि, प्रहरीलाइ खबर गरेका हौँ ।

मर्चवारस्थित इलाका प्रशासन कार्यालय मझगावाले नागरिकता, राष्ट्रिय परिचय पत्र तथा मधेशी र दलित आदि प्रमाणित सेवाहरु प्रदान गर्दै आएको छ । इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख, प्रहरी निरिक्षक सन्तोष बस्यालले घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनले भने, ‘यद्यपि चोरी भएको कार्यालयमा सिसिटीभी क्यामरा छैन, तर नजिकका अन्य क्यामराको सहायतामा अनुसन्धान जारी छ ।’

एक थान एचपी कम्पनीको ल्यापटप र एक थान क्यानान कम्पनीको क्यामरा चोरी भएको खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । उनले भने, ‘सँगै राखिएका महँगा स्क्यानर, प्रिन्टर र २ थान कम्प्युटर लगायत अन्य सामग्रीहरू यथावत छन् भने प्रत्येक दिनको विवरण राखिने गरेको ल्यापटप र क्यामेरामात्र चोरी भएको छ ।’

यसअअघि २०७८ मंसिर २७ गते विचौवापुर आधारभूत ।विद्यालयबाट राष्ट्रिय परिचयपत्र संकलन टोलीको चार थान ल्यापटप चोरी भएको थियो भने, २०७८ पुस ७ गते बुधबार राती मर्चवारी गाउँपालिका– ४ को खैरास्थित वडा कार्यालयको झ्याल फुटाएर चोरी भएको राष्ट्रिय परिचयपत्र संकलन टोलीको ल्यापटप हालसम्म फेला परेको छैन ।

प्रतिक्रिया