‘कस्तो यो मेरो बाध्यता हो’ गीतको भिडियो बजारमा

काठमाडौं । मर्मष्पर्शी गीत ‘कस्तो यो मेरो बाध्यता हो’ को भिडियो सार्वजनिक भएको छ । घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई भुलाउन गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको गीत र भिडियो ल्याएका हुन् ।

उक्त गीत र भिडियो एचडि फुलारा च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बिसी र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन, निर्देशन नारायण मगरको रहेको छ ।

त्यस्तै भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् । भिडियोमा गौरव पहारी, पवित्रा सार्की ‘मिस पबी’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाहीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया