यु– १९ महिला विश्वकप क्रिकेट : नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकपमा आफ्नो दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेल आज नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालकी कप्तान पूजा महतोले टस जितेर स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ रोजेकी हुन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो ।

पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्ड दुवै टोलीलाई आजको महत्वपूर्ण रहनेछ । पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा नेपालको ब्याटिङ नचल्दा ५२ रनमा अल आउट भएको थियो भने स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो ।

दुवै टोलीका लागि तेस्रो खेलका प्रतिद्वन्दीहरु कठिन छन् । त्यस कारण यस खेलमा जित हात पार्दै दुवै टोली सुपर सिक्सको मार्ग सहज बनाउँने लक्ष्यमा रहेका छन् । यो यु–१९ महिला विश्व कपमा १६ देशको सहभागीता रहेको छ । सहभागी १६ देशलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपालसहित स्कटल्याण्ड, बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।

प्रतिक्रिया