ओसाका अस्ट्रेलियन ओपनमा ‘रिटायर्ड हर्ट’

मेलबर्न । बेलिन्डा बेन्सिकसँगको तेस्रो चरणको खेलमा रिटायर्ड हर्ट भएपछि २ पटककी विजेता नाओमी ओसाका अस्ट्रेलियन ओपनबाट बाहिरिएकी छिन् । गत वर्ष सुत्केरी बिदा लिएपछि उनी पहिलो पटक कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी हुन् । ४–१ ले अग्रता लिएको समयमा उनले चोटको सामना गरेकी थिइन् । त्यसपछि नै उनले फिजियोसँग सम्पर्क गरेकी थिइन् । ६–५ ले अघि भएको समयमा उनले खेललाई निरन्तरता दिन सकिनन् ।

जुलाई २०२३ मा छोरी साईलाई जन्म दिएकी उनी त्यसको ६ महिनापछि डब्लुटिए टुरमा फिर्ता भएकी हुन् । गत वर्ष अस्ट्रेलियन ओपनको पहिलो चरणमा पराजित उनी त्यसपछिका लगातार ३ ग्रान्डस्लाममा दोस्रो चरणमा पराजित भएकी थिइन् ।

शुक्रबार नै भएको खेलमा सफलता पाउँदै आर्यना साबलेन्काले अस्ट्रेलियान ओनप जित्ने सम्भावनालाई जीवित नै राखेकी छिन् । डेनमार्ककी क्लारा टाउसनसँगको खेलमा उनले ७–६,६–४ ले सफलता पाएकी हुन् । साबलेन्काले चौथो चरणमा १७ वर्षीया मिरा आन्द्रेभासँग खेल्ने छिन्् । उनले पोल्यान्डकी माग्डालेना फ्रेचसँगको खेलमा ६–२,१–६, ६–२ को सफलता पाएकी हुन् । कोको गफले लेहलाय फर्नान्डेजलाई ७६ मिनेट लामो खेलमा ६–४,६–२ ले हराइन् ।

पुरुषतर्फ कार्लोस अल्काराज र नोभाक जोकोभिकले तेस्रो चरणमा सफलता पाएका छन् । शुक्रबार भएको खेलमा अल्काराजले नुनो बोर्गेसलाई ६–२, ६–४, ७–६, ६–२ ले हराए । यसैगरी नाभोक जोकोभिकले टोमास महकालाई ६–२, ६–४, ७–६, ६–२ ले पराजित गरे । दोस्रो बरीयताका अलेक्जेन्डर जेभरभले पनि तेस्रो चरणको खेलमा ज्याकोब फर्नलस्लाई ६–३, ६–४, ६–४ ले हराए ।

प्रतिक्रिया