‘काली बग्यो सलीसली’ गीतकाे भिडियाे सार्वजनिक

काठमाडौं । गायक लक्ष्यविश्व अधिकारी र गायिका शान्तिश्री परियारको आवाजमा ‘काली बग्यो सलीसली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सति प्रथामा आधारित मार्मिक तथा मर्मश्पर्शी यस गीतको भिडियो लक्ष्यविश्व युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । धेरै रुचाइएको यो गीतमा गायक विश्वलाई बिन्दु विक, सुनिता बिक, रविन सुनार, अनिल सुनारले आवाजमा साथ दिएका छन् ।

परिकल्पना तथा शब्द, संगीत रञ्जित सुनार, संगीत संयोजन मदन केसी, अडियो भिडियो लक्ष्यविश्व अधिकारीको रहेको छ ।

आशिष बिश्वकर्मा, स्मारिका ढकालको मुख्य भूमिका रहेको भिडियोमा छायांकन देव दोर्जे लामा, श्रृंगार तुलसा लिम्बु, सम्पादन एवं कलरिङ नविन घर्ती मगर, कथा निर्देशन जेरी भण्डारीको रहेको छ ।

प्रतिक्रिया