काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपांगता संरक्षण नेपालसँगको सहकार्यमा सो सहयोग गरेको हो ।
सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपांगता संरक्षण नेपालद्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया