काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको ‘मायामा’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । टेक विसी र अनु चौधरीको युगल आवाज, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङ–मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीले अभिनय गरेका छन् । महेश महरा र टिमको डिओपी रहेको भिडियोमा मीन रावलको सम्पादन र कलर रहेको छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम भावको गीत जति राम्रो छ भिडियो त्यतिकै उत्कृष्ट बनेको गीतकार बुढाथोकीले जिकिर गरे ।
प्रतिक्रिया