तस्विरमा हेरौँ त्रिभुवन विश्वविद्यालयले ५०औँ दीक्षान्त समारोह

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । उक्त आयोजित समारोहमा आज १४ हजार ३०७ जना विद्यार्थी दीक्षित भएका छन् । सोही संख्यामा अभिभावकले समेत सहभागिता जनाएका छन् ।

यसपाली गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १४९ जना विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।

दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव र समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी भएका छन ।– तस्विरहरु नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया