बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

काठमाडौँ । यौन दुव्र्यवहारको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा एक सामाजिक संस्थाको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई शिवाकोटिले घरेलु कामदारको रुपमा राखेको खुलेको छ । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया