चलचित्र ‘एक्टर’ माघ ४ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘एक्टर’ आगामी माघ ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जनपूर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यसैगरी उक्त चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । वरिष्ठ टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मदन घिमिरेको निर्देशन रहेको छ ।

नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाले आफ्नो डेब्यु चलचित्र भएको जानकारी दिए ।

प्रतिक्रिया