काठमाडौं । हुन्डाई मोटर ग्रुपले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)सँग ब्याट्री र विद्युतीकरणमा संयुक्त अनुसन्धान गर्न सम्झौता गरेको छ । हुन्डाईले आइआइटी दिल्ली, आइआइटी मुम्बई र आइआइटी मद्राससँग सम्झौता गरेको मंगलबार घोषणा गरेको हो ।
हुन्डाई मोटर ग्रुपको प्रायोजनमा आइआइटी दिल्लीमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स (सिओई)को स्थापना हुने भएको छ । सिओईको प्राथमिक लक्ष्य भारतीय बजारका निम्ति ब्याट्री र इलेक्ट्रिफिकेसन (विद्युतीकरण)मा आधुनिकता ल्याउनु रहेको कम्पनीले जनाएको छ ।
हुन्डाई मोटर ग्रुपका अधिकारीहरू, आइआइटी दिल्लीका निर्देशक प्रोफेसर रंगन बेनर्जी, आइआइटी मुम्बईका डिन सचिन सी. पटवर्धन र आइआइटी मद्रासका डिन मनु सन्थानमलगायत आइआइटी प्रतिनिधिको सहभागितामा आइआइटी दिल्लीमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसको नाम हुन्डाई मोटर ग्रुप–आइआइटी हुन्डाई सिओई राखिएको छ ।
प्रतिक्रिया